
पोखरा । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ८८ हजार कायम भइ कारोबार भइरहेको छ ।
मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ५ सय रहेको थियो ।
यस्तै आज तेजावी सुनको मूल्य ८७ हजार ५ सय ५० रहेको छ ।
यसैगरी, बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला चाँदीको मूल्य १२ सय ३५ रहेकोमा आज मूल्य बढेर प्रतितोला चाँदी १२ सय ४५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
