
पोखरा । देशभर गत २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ७३ हजार ५२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप ७४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ।
हाल नेपालमा २ हजार २०१ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६५ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार १०० परिक्षण भएको छ भने हालसम्म २२ लाख ९८ हजार १६७ परिक्षण भएको छ।
