पोखरामा पेट्रोल पम्पमा काम गर्ने क्रममा ग्याँसले पोलेर एक घाइते

Share:

पोखरा । पोखरामा शुक्रबार पेट्रोल पम्पमा काम गर्ने क्रममा ग्याँसले पोलेर एक पुरुष घाइते भएका छन् ।

पोखरा महानगरपालिका( १७ बिरौटाको जगदम्बा पेट्रोल पम्पमा बिहान ११ः३० बजे पम्पको मेशिन मर्मत तथा सरसफाइ गर्ने क्रममा ट्याङ्की भित्र जम्मा भएको ग्याँसले पोल्दा स्थानीय ६१ वर्षीय बासु थापा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घाइते थापाको चरक मेमोरियल अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: