
पोखरा । देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा शनिबारको मौसम सामान्यतयासफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी भू–भागमा मौसम प्रभावित भएको हो ।
अहिले बिहान हाल प्रदेश नं १ लगायत देशको पहाडी भू–भागहरूमा आंशिक वदली बदली रहेको छ ।
शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।
यसैबिच, प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।
