देशभर थप ३३७ जनामा कोरोना संक्रमण, १ को मृत्यु पुष्टि

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २ लाख ७३ हजार ८८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप १५१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको छ।

हाल नेपालमा २ हजार ८ सय जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ८४ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ५३२ परिक्षण भएको छ भने हालसम्म २३ लाख ९ हजार ७७६ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: