
पोखरा । देशभर गत २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ७४ हजार २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप १४१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको छ।
हाल नेपालमा २ हजार ९६१ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ८३ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार १२५ परिक्षण भएको छ भने हालसम्म २३ लाख १२ हजार ९०१ परिक्षण भएको छ।
कमेन्ट गर्नुहोस्
