बाग्लुङमा फर्निचर उद्योगमा आगलागी हुँदा दुई जना घाइते, साढे १८ लाख क्षति

Share:

बाग्लुङ । बाग्लुङको बाग्लुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

आइतबार दिउँसो २ः५० बजेतिर भएको आगलागीबाट सोही फर्निचरका सञ्चालक बाग्लुङ नगरपालिका–१३ बलेवाका ३३ वर्षीय बिराज भन्ने केशब हरिजन र बाग्लुङ–३ गुठिका ६४ वर्षीय डम्मर बहादुर कार्की घाइते भएका प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार घाइते हरिजनको अवस्था मध्यम छ भने कार्कीको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपाचारको लागि धवलागिरी अस्पताल बाग्लुङमा पठाईएको प्रहरीले जनाएको छ ।

उक्त आगलागीबाट अन्दाजी १८ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ ।

फर्निचरसँगै जोडिएको १ घरमा समेत आंशिक क्षति भएको छ ।

घटनास्थलमा तत्कालै प्रहरी टोलि खटि गई स्थानीय र दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: