
लमजुङ । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आइतबार लमजुङ राईनास नगरपालिका–१ भगेरी स्थित प्याराजुङबाट बोराङ खोलातर्फ जाँदै गरेको ना १ त ९५५३ नं.को ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँका २६ वर्षीय बुधमान गुरुङको मृत्यु भएको हो ।
उक्त ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल बोराङ खोलामा खस्दा चालक गुरुङको घटनास्थल मै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
