
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनैतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गरेका छन् ।
नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनैतिक स्थायित्व नै देशको अहिलेको आवश्यकता भएको धारणा व्यक्त गरे । ठूलो संघर्षबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धीलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा प्रेरणा दिने विश्वास समेत व्यक्त गर्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबैले दृढ संकल्प गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
साथै, प्रदेश प्रमुख शेरचनले विश्वव्यापी कोरोना महामारीपछि सामान्य जीवनमा फर्किएर आफ्ना नियमित क्रियाकलाप अघि बढाइरहँदा फेरि कोरोना जोखिम बढेको उल्लेख गर्दै सचेत र सतर्क रहन आग्रह समेत गरेका छन् ।
