
पोखरा । छिमेकी देश भारतमा दैनिक कोरोना (कोभिड–१९) संक्रमितहरुको संख्या बढ्दै गएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार ९४३ नयाँ संक्रमित थपिएका छन् । एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो।
हाल भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप १ हजार ३३८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ७५ हजार ६७३ पुगेको छ ।
हालसम्म भारतमा १ करोड २६ लाख ६६ हजार ८८९ जना निको भएका छन् । गत २४ घण्टामा पनि १ लाख २२ हजार ९११ जना निको भएका छन् ।
हाल भारतमा १६ लाख ७९ हजार १२१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।
