
पोखरा । पोखरामा फेवातालको बिचमा शनिबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।
कास्की पोखरा महानगरपालिका–६ लेकसाईड स्थित बाराही मन्दिर नजिकै फेवातालको बिचमा बारा निजगढ नगरपालिका–९ बस्ने वर्ष १८ को नोभिब उप्रेती मृत फेला परेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान ६ः४० बजे उप्रेतीको शव फेला परेपछि घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलि गई शव रेस्क्यू गरी बाहिर निकालिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
