बाग्लुङमा चट्याङ्गले ४ महिला घाइते, एक घर भत्कियो

Share:

पोखरा । बाग्लुङमा चट्याङ्गका कारण चार जना महिला घाइते भएका छन् ।

जैमिनी नगरपालिका –२ दमेक टापुमा शुक्रबार बेलुका वर्षासहित चट्याङ्ग पर्दा स्थानीय २० वर्षीया संगीता परियार, ४२ वर्षीया लक्ष्मी सुनार, ४४ वर्षीया कुसुम परियार र ५० वर्षीया नन्द कुमारी सापकोटा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यसैबीच, वर्षासहितको चट्याङ्गका कारण स्थानिय तुल बहादुर सेन ठकुरीको २ तले कच्ची घर भत्किएर पूर्ण रूपमा क्षति भएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: