
पोखरा । देशभर गत २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ७५ हजार ३०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप २६२ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ।
हाल नेपालमा ६ हजार २९० जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ८५ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ५ हजार ७८३ परिक्षण भएको छ भने हालसम्म २३ लाख ४५ हजार ५०१ परिक्षण भएको छ।
