पोखरामा क्याम्प गएका युवा मृत फेला

Share:

पोखरा । पोखरा–२७ स्थित दीपाङ् एडभेन्चर एण्ड क्याम्पमा एक युवा मृत फेला परेका छन् ।

शनिबार पोखरा–१५ नयाँगाउँका ३३ वर्षीय महेन्द्र घले मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

शुक्रबार राति ८ बजेतिर आफ्ना सात जना साथिसहित उक्त क्याम्पमा पुगेका घले शनिबार दिउँसो १स्३० बजे मृत फेला परेका हुन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: