बदली र वर्षाको सम्भावना कहाँ–कहाँ?

Share:

पोखरा । देशका पहाडी भू–भागमा आज सोमबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पनि देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यसैबीच, देशका पहाडी भू–भागका थोरै स्थानहरुमा साँझपख मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: