आज चैते दशैं मनाइँदै

Share:

पोखरा । आज नवदुर्गा भगवतीको पूजा आराधना गरी चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन यो पर्व बनाउने गरिन्छ ।

चैते दशैंमा हनुमानढोकाको दशैं घरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ ।

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ ।

यसैबीच, गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: