
पोखरा । युनाईटेड क्लव पोखराको ११ औं वार्षिकोत्सब तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरि महोत्सव बाटै बचेको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्वनको लागि चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद व्यवस्थापन मा काम गर्दै आईरहेको क्लवले आफ्नो ११ औं वार्षिकोत्सब कवि शिरोमणी लेखनाथ पौडेलको जन्म स्थल लेखनाथ अर्चलेमा सम्पन्न भएको हो ।
वार्षिकोत्सबको उद्घाटन गर्दै डिभिजन बनकार्यालय कास्कीका प्रमुख केदार वरालले पचभैयामा निर्माणाधिन प्राणी उद्यान केन्द्र निर्माणमा युनाईटेड क्लवको मुख्य भुमिका रहेको बताउँदै युनाईटेड क्लवको सामाजिक कामको प्रशंसा गरे । क्लबले राज्यले गर्न नसकेको काममा महोत्सवको आयोजना गरि चिडयाखाना निर्माणमा २५ प्रतिशत रकम प्रदान गरेर राज्यलाई नै चुनौति दिने काम चानचुने कुरा नभएको बताउँदै वरालले चिडियाखानाको मातृ संस्था युनाईटेड क्लव भएकाले कोहि कसैले क्लवको योगदान भुल्न नहुने बताए ।
चिडियाखाना निर्माण कार्य हुदै गर्दा विचमा उत्पन्न समस्या उत्पन्न भएर कामहरु रोकिएको बताउदै बरालले समस्या समाधान तर्फ उन्मुख तर्फ गएको र क्लवको उद्येश्यलाई साकार पार्न आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने वताए ।
अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट आएको चार करोड खर्च हुन नसकेको अहिले डेढकरोड वजेट विनियोजन भएको बताउँदै वरालले उक्त बजेटले पचभैया बाहेकका अन्य सामुदायिक वनहरुमा फुट ट्रेक र अन्य शाखा सडकहरु निर्माण असार सम्म सम्पन्न गर्ने प्रतिवद्वता व्यक्त गरे ।
गण्डकी प्रदेश सरकारले पोखराको फेवाताल र पचभैयालाई प्रदेशको दुई प्रमुख गन्तव्यका रुपमा पहिचान गरि संघीय सरकारमा पठाएको र पास भएमा युनाईटेड क्लवको सपना साकार हुने वरालले बताए ।
संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरामा विभिन्न सामाजिक काम गरेतापनि पर्यटनको क्षेत्रमा युनाईटेड क्लबले चिडियाखानाको अवधारणा ल्याएको र हाल सम्म सिड मनिको रुपमा ५८ लाख ८५ हजार खर्चिसकेको र अहिले गण्डकी प्रदेश सरकार अन्तरगत जिल्ला डिभिजन वन कार्यालय कास्कीको हातमा पुगेकाले यसलाई उत्कृष्ट गन्तव्य बनाउनतर्फ सम्वन्धित निकायले चासो दिन आवश्यक रहेको बताए ।
सम्मानित ब्यक्तिको तर्फबाट मन्तव्य राख्दै क्लवका सल्लाहकार गोविन्द घिमिरेले युनाईटेड क्लवको सामाजिक कामको जतिनै प्रशंसा गरेपनि नपुग्ने वताउदै यसको अनुसरण अन्य संघ संस्थाले गर्न सके विकासको लहर छाउने बताए ।
क्लवले वार्षिकोत्वसवको अवसर पारि क्लवमा आवद्व भएर विभिन्न संघ संथामा निर्वाचित तथा मनोनित भएका हरुलाई सम्मान समेत गरेको छ । जस अन्तर्गत क्लबका सल्लाहकार तीर्थ लाल श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटरमा नियुक्ति भएकोमा, क्लवका आजीवन सदस्य मीन गुरुङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटरमा नियुक्ति, क्लवका सल्लाहकार गोविन्द घिमिरे पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको सञ्चालक समितिमा मनोनित भएकोमा, क्लवका सदस्य सीमा गुरुङ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द पृथ्वीचोक अन्तर्गत पोखरा महानगरपालिका वडा नम्वर १० को संयोजकमा मनोनित भएकोमा, क्लवका आजीवन सदस्य नवीन श्रेष्ठ पोखरा चेम्वर अफ कमर्स कास्कीको युथ चेम्वर अफ कमर्सको सचिवमा निर्वाचित र क्लवको मिडिया कोअर्डिनेटर गिता राना मगर नेपाल पत्रकार महासंघ कास्कीको सदस्यमा निर्वाचित भएकोमा सम्मान तथा बधाइ ज्ञापन गरेको हो ।
क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तव्य ब्यक्त गरेका थिएभने क्लवका द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिनाले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए । कार्यक्रममा क्लवका आजीवन सदस्य तथा पदाधिकारीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
