एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

Share:

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सयले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९२ हजार कायम भइ कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ७ सय रहेको थियो ।

यस्तै, आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय १० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: