पर्वतमा एक पुरुष मृत फेला

Share:

पर्वत । पर्वतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बाँके चिसापानी नगरपालिका–४ घर भई हाल पर्वत मोदी गाउँपालिका–२ मा रहेको जन नेत्र माध्यमिक विद्यालय देउपुरको सभा हल निर्माणको काम गर्ने अन्दाजी वर्ष ५० को गणेश घर्ती मंगलबार मृत फेला परेका हुन् ।

अघिल्लो दिन बेलुका खाना खाई सोही स्कुलको पुरानो भवनमा सुतेकोमा मंगलबार बिहान नउठेपछि निजको साथी गई हेर्दा घर्ती मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: