
पोखरा । देशभर गत २४ घण्टामा थप २ हजार ६१९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ७७ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप ३६८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १४ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ।
हाल नेपालमा १६ हजार ८२८ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ७१ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ८ हजार ६६८ परिक्षण भएको छ भने हालसम्म २३ लाख ९५ हजार ७२५ परिक्षण भएको छ।
