
पोखरा । तनहुँको मादी नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।
स्याङ्जा भइ घर हाल तनहुँ ब्यास नगरपालिका-५ मोचाबारी डेरा गरी बस्ने १८ वर्षीय रमेश बि.क. आज नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
दिउँसो साढे १२ बजेतिर नदीमा पौडी खेल्ने क्रममा बि.क. हराएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उनी नदीमा ट्याक्टरमा ढुङ्गा लोड गर्न गएका हुन् ।
प्रहरी टोलीले उनको खोजी कार्य तथा घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
