कोरोनाः भारतमा संक्रमित र मृतकको संख्यामा आज पनि नयाँ रेकर्ड

Share:

पोखरा । भारतमा कोरोना (कोभिड–१९)संक्रमित र मृतकको संख्यामा आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्रै थप ३ लाख ४९ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६९ लाख ५१ हजार ७६९ पुगेको छ ।

यस्तै, भारतमा गएको २४ घण्टामा मात्रै २ हजार ७६१ जनाको ज्यान गएको छ ।

योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ९२ हजार ३१० पुगेको छ ।

हालसम्म भारतमा १ करोड ४० लाख ७८ हजार ८१ जना निको भएका छन् । गत २४ घण्टामा पनि २ लाख १५ हजार ९६२ जना निको भएका छन् ।

हाल भारतमा २६ लाख ८१ हजार ३७८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: