
पोखरा । देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा सोमबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहकोले पहाडी भू–भागको मौसम प्रभावित भएको हो ।
अहिले बिहान देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
सोमबार दिउँसो देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै, राति प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
कमेन्ट गर्नुहोस्
