
तनहुँ । तनहुँको मादी नदीमा शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका स्याङ्जाका युवक आज मृत फेला परेका छन् ।
स्याङ्जा घर भइ हाल तनहुँ जिल्ला ब्यास नगरपालिका ५ मोचाबारी डेरा गरी बस्ने १८ वर्षीय रमेश बिक सोही वडाको चापाघाट बोरिङ स्थित सेती नदीको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो साढे १२ बजेको समयमा तनहुँ दमौलीको मादी नदीमा पौडी खेल्ने क्रममा हराएका बिक आज १० बजे मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार उनी नदीमा ट्याक्टरमा ढुङ्गा लोड गर्न गएका थिए ।
कमेन्ट गर्नुहोस्
