
पोखरा । देशका पहाडी भू–भागमा आज मंगलबारको मौसम आँशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा न्यून चापिय रेखाको प्रभाव रहेकोले केही स्थानमा मौसम प्रभावित भएको हो ।
अहिले बिहान प्रदेश नं १ तथा प्रदेश नं २ का केही भू–भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा आंशिक बदली रहेको छ । बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू–भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ ।
यस्तै, राति देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
यसैबीच, देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र सो बाट सृजना हुन सक्ने संभावित असरहरु वाट बच्नका लागि साथै पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
