
मुस्ताङ । गण्डकी प्रदेशमा थप १ जना कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मुस्ताङकी एक महिलाको मृत्यु भएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका– ४ की ७२ वर्षीया कोरोना संक्रमित महिलाको हिजो बिहीबार बेलुका ९ः४५ बजे जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ती महिलामा हिजो नै कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२४ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
