श्रमिक दिवसमा युवाहरुले गरे कालिका मन्दिर परिसर सरसफाई

Share:

बागलुङ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेरर प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

मन्दिर प्रवेशद्वार तथा पार्किङ क्षेत्रमा फोहोर हुँदा गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिर परिसर कुरुप देखिन थालेको भन्दै बागलुङका दुई युवा समुहहरुले सरसफाई गरेका हुन् ।

श्रमिक दिवसका अवसरमा बागलुङ जिल्लामा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्था लिमिटेडद्वारा गठित युवा समुह आदर्श यूवा र हाई हाइकर्स समूहले मन्दिरको पार्किङ स्थल लगायत आसपासको क्षेत्रमा सरसफाई गरेको आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ ।

मन्दिरको पार्किङ क्षेत्रमा भक्तजनहरुले जथाभावी फालेका प्लाष्टिक जन्य तथा गल्ने फोहोर करिव १५ बोरा संकलन गरी व्यवस्थित गरिएको गरिएको आदर्श युवा क्लवका सदस्य रोहन जिसीले जानकारी दिए ।

युवाहरुले सामाजिक काम गर्नुपर्दछ भन्ने भावनाका साथ फोहोर भएर कुरुप देखिएको मन्दिरको पार्किङ स्थल र प्रवेश द्वार परिसरको सरसफाई गरिएको हाइ हाइकर्स समूहका विश्वास थापाले बताए । मन्दिरमा कोरोनाका कारण जोखिम बढेको भन्दै जिल्ला प्रशासनले प्रवेशमा रोक लगाएपछि सुनसान बनेको मन्दिर आसपासमा सरसफाई गरिएको हो ।

सरसफाईका लागि आदर्श सञ्चार सहकारी संस्थाले सहयोग गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: