
पोखरा । युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ उर्फ दिपक मनाङ्गे सँग फाईन आर्टस् यातायात प्रा.लि.का पदाधिकारीहरुको भेटघाट तथा बधाई कार्यक्रम मन्त्रालयमा सम्पन्न भयो ।
युवा तथा खेलकुद मन्त्री राजीव गुरूङले आँफुले पनि पहिले बस तथा ट्याक्सी सञ्चालन गरेको तर पछि बाध्यताले छोड्न परेको बताए ।
फाईन आर्टस् यातायात प्रा.लि.का अध्यक्ष ज्योती हमालले विदेशबाट आयात हुने खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा राज्यकोषबाट बार्षिक करोडौँ रुपैयाँ बाहिरिने भएकोले खादाको प्रयोग बिना पनि बधाई तथा शुभकामना दिन मिल्ने बताउँदै मन्त्रिले आँफुलाई मनमा लागेको कार्य गर्नुपर्ने बताए । मन्त्रिले आँफुले मन लागेको गर्दा आँफु बेला बेलामा जेल पर्ने गरेको जानकारी दिए ।
जय कलाक्रान्तिको लोगोको अर्थ प्रस्ट्याउदै फाईन आर्टस् यातायात प्रा.लि.का संरक्षक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले बिश्वमा शान्ति लाउन अगि बढेको जानकारी दिए ।
फाईन आर्टस् यातायात प्रा.लि.का महासचिब नबिन थापा, व्यवस्थापक खुम बहादुर भुजेल, ईन्जार्ज अर्जुन गुरुङ्ग लगाएतले युवालाई साथ सहयोग हुने नीति तथा कार्यक्रम ल्याउन मन्त्रि मनाङ्गेलाई आग्रह गरेका थिए ।
