चरक हस्पिटलमा विशिष्ट सेवासहित कोरोना बिरामीको उपचार

Share:

पोखरा । पोखराको नागढुंगास्थित चरक मेमोरियल हस्पिटलले कोरोनाका बिरामीलाई विशिष्ट सेवासहित उपचार गरेको छ ।

हाल देशभर तीब्र रुपमा बढीरहेको कोरोना संक्रमणको चापलाई ध्यानमा राख्दै हस्पिटलले कोरोनाका बिरामीलाई ‘क्रिटिकल केयर युनिट’बाट उपचार सेवा प्रदान गरिरहेको प्रवन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।

हस्पिटलले विशिष्ट सेवासहित कोरोना संक्रमितको उपचार गरिरहेको बताउँदै पोखरेलले गण्डकी प्रदेशसहित देशभरबाट कोरोनाका बिरामी हस्पिटलमा उपचारका लागि आउने गरेको जानकारी दिए ।

उनका अनुसार पोखरा तथा गण्डकी प्रदेशसहित दाङ, विरगन्ज, धनगढी लगायतका ठाउँबाटसमेत हस्पिटलमा बिरामी उपचारका लागि आएका छन् ।

उनले संक्रमणको चापलाई ध्यानमा राख्दै कोरोनाका गम्भिर बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्ने गरेको जानकारी दिए । उनले भने, ‘गम्भिर बिरामीलाई मात्रै अस्पतालमा राखेका छौं, नर्मल बिरामीलाई अस्पतालमा भर्ना नगरी घरमै क्वारेन्टीनमा कसरी बस्ने भनेर सिकाउदै पठाउने गरेका छौं ।’

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण दर दिनप्रतिदिन बढेसँगै हस्पिटलले सरकार तथा स्थानीय तहसँग समन्वय गरी कोरोना बिरामीलाई उपचार सुरु गरेको हो । यस अगाडि अघिल्लो वर्ष कोरोना संक्रमणको पहिलो चरणमा पनि हस्पिटलले कोरोना बिरामीलाई उपचार सेवा प्रदान गरेको थियो ।

सय बेड क्षमता रहेको हस्पिटलमा ३० वटा क्याबिन रहेको व्यवस्थापक प्रदीप शर्माले जानकारी दिए । आईसीयू १७ वटा र भेन्टिलेटर ७ वटा छन् । कोरोनाका बिरामीका लागि मात्रै ४० बेड छुट्याइएको छ । चौबीसै घण्टा बिरामीको लागि आवश्यक अक्सिजन सप्लाई सुविधा छ ।

डाक्टर, नर्स तथा पर्याप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार सुविधा रहेकाले अस्पतालमा बिरामीका आफन्त नभएपनि दैनिक रुपमा घरपरिवारका सदस्यलाई रिपोर्टसमेत उपलब्ध गराइन्छ । अस्पतालले आईसीयू, एनआईसीयू, सीटी स्क्यान, सीटी एनजीओ, क्याथ ल्याब, आधुनिक मोडलुर ओटी लगायत आधुनिक प्रविधिमा आधारित रही सहुलियत दरमै उपचार सुविधा प्रदान गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: