सुनचाँदीको मूल्य कति पुग्यो?

Share:

पोखरा । नेपाली बजारमा मंगलबार (आज) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ४ सय रहेको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला चाँदीको मूल्य १३ सय रहेकोमा आज १३ सय २५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: