डोटीमा निरन्तर परकम्प , सचेत रहन आग्रह

80
0
Share:

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटीमा अझै बेला-बेला भूकम्पका स-साना परकम्प गएको भन्दै सचेत रहन स्थानीयबासीहरुलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार जुनसुकै बेला भूकम्प जान सक्ने अवस्था प्रबल छ।

‘डोटीमा बेला-बेलामा स-साना भूकम्पहरू गइरहेका छन्, भूकम्प कुनै पनि बेला जान सक्छ,सचेत बनौँ, सावधान रहौँ,’प्राधिकरणले भनेको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार गए राति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा बुधबार १ बजेसम्ममा २०० वटा पराकम्प गइसकेको छ।

गएराती डोटीमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएको प्राधिकरणले जनाएको छ। 

कमेन्ट गर्नुहोस्
Share: