ऋतिक र रणवीरपछि यशले पनि इन्कार गरे ‘ब्रह्मास्त्र २’ खेल्न

Share:

कास्की : ‘ब्रह्मास्त्र पार्ट वान’ को सफलतापछि निर्माता यसको दोस्रो पार्ट ‘ब्रह्मास्त्र २ देव’ को तयारीमा जुटेका छन्।

फिल्ममा दीपिका पादुकोणको प्रवेश पक्का भइसकेको भए पनि निर्माताको खोजी अझै सकिएको छैन।

अयान मुखर्जीले अभिनेता ऋतिक रोशनलाई ब्रह्मास्त्र २ मा काम गर्न चाहेका थिए तर उनले उक्त भूमिका गर्न मानेनन्। यसपछि निर्माताहरूले रणवीर सिंहलाई सम्पर्क गरेका थिए। तर उनले पनि यो भूमिका गर्न अस्वीकार गरे।

अब निर्माताहरू केजीएफ स्टार यशलाई ब्रह्मास्त्र २ मा खेलाउन चाहिरहेका छन्।


ब्रह्मास्त्रका निर्माताहरूले केजीएफ स्टार यशलाई यस फिल्मका लागि सम्पर्क गरे। यशले अयान र करण जोहरसँग दुईवटा भेटघाट गरेपछि उनले देवको भूमिका खेल्न अस्वीकार गरेका बलिउड हंगामाले लेखेको छ। यशले केजीएफ २ पछि यो फिल्म आफ्ना लागि उपयुक्त नहुने तर्क दिएका थिए। त्यसैले उनले यो प्रस्ताव अस्वीकार गरे। उनले केजीएफ २ पछि अरू कसैको फ्रेन्चाइज फिल्म काम नगर्ने बताएका छन्।

ब्रह्मास्त्रको टोलीले आफ्नो फिल्ममा देवको भूमिका खेल्न साउथबाट केही ठूला कलाकार आउन चाहेको बताएको थियो।  निर्माण पक्षले फिल्मको मुख्य भूमिकाका लागि दक्षिणबाट केही थप नामहरू सर्टलिस्ट गर्ने तयारी गरेको जानकारी दिएको छ।

यस फिल्म २०२३ को अन्त्यसम्म बनिसक्ने जनाइएको छ। निर्माताहरूले यसलाई २०२५ मा रिलिज गर्ने योजना बनाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: