
यसपटकको फिफा विश्वकप फुटबल २०२२ कतारमा हुने भएको छ।
विश्वकपको मिति नजिकिँदै जाँदा पोर्चुगलले आफ्नो टोली घोषणा गरेको छ। पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको हो। रोनाल्डोसँगै फर्वार्डमा जोआओ फेलिक्स, राफयल लियो, रिकार्डो होर्टा, गोन्कालो रामोस र आन्द्रे सिल्भा छन्।
यस्तै, पोर्चुगलले मिडफिल्डिङमा विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हालाई लिएको छ।
समूह ‘एच’ मा रहेको पोर्चुगलले डिफेन्डरतर्फ जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भालाई लिएको छ भने गोलकिपरमा डिओगो कोस्ट, जोसे सा र रुई प्याट्रिसियोलाई छानेको छ।
विश्वकपमा पोर्चुगलको पहिलो खेल आउँदो मंसिर ८ गते घानासँग हुनेछ।
