पाकिस्तानसँगकाे खेलका लागि नेपाली टोलीकाे घोषणा

127
0
Share:

काठमाडौं : दशरथ रंगशालामा पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले अन्तिम टोलीकाे घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानसँग कार्तिक ३० गते मंगलबार हुने मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीकाे घोषणा गरेका हाे।

याे खेलका लागि नेपालका कप्तान तथा नियमित गोलरक्षक किरण चेम्जोङ टिममा छैनन्। उनी भारतीय आई लिगमा पन्जाबबाट खेल्ने तयारीमा छन्।

नेपाली टिममा डिफेन्डर नवयुग श्रेष्ठ र पुजन उपरकोटी तथा मिडफिल्डर आयुष घलानले पुनारागमन गरेका छन्। प्रवेश कटुवालकाे प्रशिक्षणमा गत साता मात्र नेपालकाे ३० सदस्यिय प्रारम्भिक टाेली सार्वजनिक गरिएकाे थियाे।

कमेन्ट गर्नुहोस्
Share: