
इथियोपियाली सरकारले युद्धग्रस्त उत्तरी क्षेत्र टिग्रेको ७० प्रतिशत क्षेत्र अब संघीय सेनाको नियन्त्रणमा रहेको शुक्रबार जनाएको छ।
‘टिग्रेको ७० प्रतिशत इथियोपियाली राष्ट्रिय रक्षाबलअन्तर्गत छ,’ प्रधानमन्त्री अबी अहमदका राष्ट्रिय सुरक्षा सल्लाहकार रेडवान हुसेनले ट्विटरमा भने। यस क्षेत्रमा सहायता पठाइँने पनि उनले बताएका छन्।
कमेन्ट गर्नुहोस्
