हजारको ९७ वटा नोट र एक थान कटुवा पेस्तोलसहित एक गिरोह पक्राउ

Share:

काठमाडौं : प्रहरीले नक्कलीजस्तो देखिने हजारको ९७ वटा नोट र एक थान कटुवा पेस्तोलसहित एक गिरोहलाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सूचनाका नक्कली नोटका कारोबार गर्ने दुई महिलासहित  छजनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटेका प्रहरीको संयुक्त टोलीले मौलापुर नगरपालिका–८ सोनरनियाबाट उनीहरूलाई गत बिहीबार पक्राउ गरेको गरेको हो ।
पक्राउ पर्नेहरूमा जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका–६ का २५ वर्षीय सोनु भन्ने आनन्द कुशवाहा, सोही स्थान बस्ने ४५ वर्षीया प्रतिमादेवी कुशवाहा, २२ वर्षीया अमृता कुमारी, १९ वर्षीय बृजकिशोर मुखिया, यस्तै, रौतहट मौलापुर–७ का २३ वर्षीय राजाराम साह देवाहीगोनाही नगरपालिका-६ रौतहट का २० वर्षीय धिरजप्रसाद जैसवाल  रहेका छन् । 
नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायरगरेको प्रहरी प्रवक्ता मल्लले बताए । ढुङ्गा प्रहारबाट दुई जना म्यादी प्रहरी छजना प्रहरी कर्मचारी घाइतेसमेत भएका छन् । 
प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा मौलापुर–७ का राजाराम साहको घरबाट एक थान नलकटुवा पेस्तोल र उनीहरूले प्रयोग गरेका २ थान मोटरसाइकलसमेत बरामद गरिएको छ । 

कमेन्ट गर्नुहोस्
Share: