
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर जम्मा १५ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको १ हजार ९८५ जनाको परीक्षणमा १५ जना संक्रमित देखिएका हुन्।
आज ३० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ५ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। हाल नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत छ।
कमेन्ट गर्नुहोस्
