अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ समकक्षी सीसँगको वार्तामा ‘विवादको विन्दु’ को खोजी गर्ने

130
0
Share:

अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी चिनफिङसँगको उच्च स्तरीय वार्तामा बेइजिङसँगको तनावपूर्ण सम्बन्धमा विवादको विन्दु (रेड लाइन) स्थापित गर्ने प्रयास गर्ने बताएका छन् ।

 सोमबार इन्डोनेसियामा हुने जी–ट्वन्टी शिखर सम्मेलनका क्रममा विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरूले महामारीपछिको सबैभन्दा ठूलो जमघट गर्नेछन् । मध्यावधि चुनावमा डेमोक्र््याटिक पार्टीको अनपेक्षित सफलता र बाइडेनले राष्ट्रपतिका रूपमा सीसँग पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको बताए ।

 तर यो शिखर सम्मेलन बेइजिङ र वासिङ्टनको प्रतिद्वन्द्विता तीव्र हुँदै गएको बेला भएको छ किनकि एक शक्तिशाली र दृढ चीनले अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत राख्दै आएको छ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच चीनको सिन्जियाङ क्षेत्रमा व्यापार, मानव अधिकार र स्वशासित टापु ताइवानको हैसियतका विषयमा विवाद रहेको र बाइडेनले सीसँग ‘सिधा छलफल’ हुने अपेक्षा गरेको बताए । इन्डोनेसियाको बाली टापुमा रहेको जी–ट्वन्टी सम्मेलनमा जानुअघि एशियाली नेताहरूसँग भेट गरेका उनले नोमपेनमा पत्रकारसँग भने, ‘म सी जिनपिङलाई चिन्छु, उहाँले मलाई चिन्नुभएको छ’,  बाइडेनले भने, ‘हामीसँग निकै थोरै मात्र मतभिन्नताहरू छन् । हामीले रातो रेखा के हो भनेर खोज्ने अवसर पाएका छौँ ।’

कमेन्ट गर्नुहोस्
Share: