टर्कीको इस्तानबुलमा विस्फोट, ६ जनाको मृत्यु

108
0
Share:


टर्कीको इस्तानबुल शहरस्थित एक व्यस्त बजारमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । ८१ जना घाइते भएका छन् । 

अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार दिउँसो व्यस्त समयमा टाक्सिम स्क्वायर क्षेत्रमा विस्फोट भएको हो। शहरका गभर्नर अलि एर्लिकायाले एक महिलाले विस्फोट गराएको र आक्रमणमा आतंककारी समूहको संलग्नता रहेको अनुमान गरेका छन् । 

सरकारले विस्फोट हुनुअघि झण्डै ४० मिनेटदेखि एक महिलाले शंकास्पद गतिविधि गरेको र विस्फोटपछि त्यस क्षेत्रमा नदेखिएकाले उनैले आक्रमण गरेको हुनसक्ने बताएको छ ।

विस्फोटको घटनापछि पत्रकार सम्मेलन गर्दै राष्ट्रपति रिसेप तायिप एर्दोगानले आक्रमणमा आतंकवादको गन्ध देखिएको भन्दै आक्रमणकारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए। आक्रमणको जिम्मा भने कुनै पनि समूहले लिएको छैन । 

कमेन्ट गर्नुहोस्
Share: