इस्तानबुलमा भएको आक्रमणमा आतंककारीको हात छ : राष्ट्रपति एर्डोगान

110
0
Share:

टर्कीको स्तानबुलमा भएको आक्रमण आतंककारीहरूले गराएको टर्कीको आशंका रहेको छ । यहाँका राष्ट्रपति रिसेप तैयप एर्डोगानले सो कुरा  बताएका छन ।  उनले यो कार्य आतंककारीहरूबाट भएको हो र यो आतंककारी कार्य भएको बताए ।   आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने,’अहिले नै यसो भन्न त हतार हुनसक्छ, त्यसैले मैले सय प्रतिशत नै आतंककारी हमला त भन्न सक्दिन, तर पनि यो काम आतंक कारीकै हो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

 उनले जि२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसिया जानुअघि इस्तानबुलमा आयोजित सो पत्रकार सम्मेलनमा उनले सो प्रतिक्रिया दिएका हुन् ।  

उनले यो आक्रमणको पूर्ण अनुसन्धान त जारी नै छ तर अहिलेसम्मको अवस्था हेर्दा कुनै एकजना महिलाले आत्मघाती हमला गराएको जस्तो देखिएको पनि बताए । टर्कीको इस्तानबुल सहरमा आइतबार अपराह्न बम आक्रमण भएको थियो ।  अज्ञात व्यक्तिबाट भएको सो हमलामा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको छ भने अरु ५३ जना घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: