
काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
भक्तपुर, भक्तपुर नगरपालिका-१ नगरकोट मोड नजिक बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करको पछाडी ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही असपताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ । दुवै सवारी साधन र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ, थाक्रे गाउँपालिका-५ तामेस्थित सडकमा बा.२१ च ७४६१ नम्बरको डि.आई गाडी आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार मकवानपुर थाहा नगरपालिका-१२ बस्ने ५० वर्षीय पलमान स्याङ्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा, छिपरमाई गाउँपालिका-२ बड्डका टोल टिउकी बस्ने अजय साहको छोरा १७ वर्षीय डब्लु साहको भारतको रखई भन्ने स्थानमा अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा सोमबार दिउँसो मृत्यु भएको छ । कामको शिलशिलामा भारत जाने क्रममा उक्त स्थानमा उनीले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
