
काठमाडौं : मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।
निर्वाचन लक्षित गर्दै चार दिनका लागि भारतसँग सीमा जोडिएका बाँके जिल्लाका सम्पूर्ण सीमा नाकाहरु बन्द हुने भएका छन् ।
स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका बाँके जिल्लाका सम्पूर्ण सीमा नाकाहरु १ मंसिर रातको १२ बजेदेखि ४ मंसिर रातको १२ बजेसम्म बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।
उक्त समयमा पेट्रोलियम पदार्थ, औषधिजन्य वस्तुको ढुवानी तथा एम्बुलेन्स सेवा भने यथावत रुपमा आवतजावत गर्न दिइने प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
