देश विकास गर्नका लागि गठबन्धन : प्रवक्ता डा महत

Share:

ताप्लेजुङ :  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश विकास गर्न गठबन्धन आवश्यकता रहको बताएका छन् । आज ताप्लेजुङको सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देश विकास र संविधानको रक्षा गर्न गठबन्धन आवश्यकता रहेको बताए ।

 देश अस्थिरताबाट जोगाउन र देश समृद्ध बनाउनका लागि गठबन्धन भएको उनले जनाउँदै यो गठबन्धनको लामो समयसम्म रहने दाबी गरे । उनले भने, “संसद् विघटनपछि यो गठबन्धन बन्न पुगेको हो । यो गठबन्धनले देश समृद्ध बनाउन बनेको छ । संविधानको रक्षा गर्दछ ।” उनले गठबन्धनको अबको सङ्कल्प देश विकास गर्नु नै रहेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: