
काठमाडौं : नेपालमा कोभिड संक्रमण घट्दै गएका वेला बिहीबार जम्मा ५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यो अवधिमा गरिएको १ हजार २५२ जनाको परीक्षणमा जम्मा ५ जना कोभिडका संक्रमित भेटिएका हुन्।
यस्तै आज २६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर जम्मा ४५३ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।
कमेन्ट गर्नुहोस्
