एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन :  जेलेन्स्की

Share:

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्‍याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् ।

‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युतविहिन भएका छन्’, उनले भने ।

विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । ‘हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं’, उनले भने ।

रुसविरुद्ध युद्धभूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत ग्रिडमाथि आक्रमणको सामना गर्नुपरेको छ।  पछिल्लो समय दक्षिणी शहर खेरसनबाट मस्को पछि हटेको छ । युक्रेनका विभिन्न शहरमा एएफपीका पत्रकारहरूले पछिल्लो आक्रमण यस सिजनको पहिलो हिमपातसँगै भएको बताएका छन् । युक्रेनको विद्युत पूर्वाधारमा ठूलो क्षतिका कारण अधिकारीहरूले ग्रिडलाई सन्तुलनमा राख्न बिजुली कटौती गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: