
काठमाडौं : काठमाडौंमा आयोजित दुई देशवबीचको एकदिवसीय शृंखलाको उपाधि नेपालले जितेको छ । शुक्रबार भएको निर्णायक खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि हात पारेको हो ।
युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै ४१ औँ ओभरमा पूरा गरेको हो । नेपाललाई जित दिलाउने क्रममा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले अर्धशतकीय पारी खेले ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो ।
यसअघि भएको पहिलो खेलमा युएई विजयी भएको थियो भने दोस्रो र तेस्रो खेलमा लगातार नेपालले जित निकालेको हो ।
कमेन्ट गर्नुहोस्
