मतदान गर्न अध्यक्ष दाहाल चितवनमा

Share:

कास्की : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन आएका हुन् । उनले चितवन क्षेत्र नं ३ बाट मतदान गर्नेछन ।

भरतपुर महानगरपालिका– १४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रमा उनले मताधिकार प्रयोग गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष दाहाल अपराह्न चितवनको भरतपुर विमानस्थल अवतरण  भएको अधिकारीले बताए । अध्यक्ष दाहाल बिहानै मतदान गरेर गोरखा जाने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: