चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड

Share:

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर १४ स्थित राष्ट्रिय आधारभूत माविको मतदान केन्द्रमा मतदान गरेका छन्।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहाले गठबन्धनले बहुमत ल्याउने र बहुमतको सरकार बनाउने दाबीसमेत गरे।

उनले निर्वाचन स्वच्छ र धाँधलीरहित हुने भन्दै सबै मतदातालाई मतदानमा भाग लिन आग्रह गरे।

मतदान गरेपछि प्रचण्ड आफ्नो क्षेत्र गोरखाका विभिन्न मतदानस्थलमा अनुगमनका लागि पुगेका छन्।

कमेन्ट गर्नुहोस्
Share: