
काठमाडौं : अभिनेता राजेश हमालले राजनीतिमा प्रवेश गर्ने संकेत गरेका छन्। आइतबार प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्दै हमालले आफू राजनीतिमा प्रवेश गर्न सक्ने संकेत गरेका हुन्।
लैनचौरस्थित जननाथ स्मृति माविबाट मतदान गरका हमालले आगामी निर्वाचनमा आफूलाई उम्मेदवारको रुपमा देखिने बताएका हुन्।
कमेन्ट गर्नुहोस्
