मतदानको समय सकियो, आजै मतगणना हुन सक्ने

Share:

काठमाडौं :  आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानको घोषित समय सकिएको छ। आयोगले बिहान सात बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजेसम्म मतदानको समय तोकेको थियो। 

५ बजेसम्म मतदानस्थलमा पुग्ने मतदाताले भने मत दिन पाउने आयोगले जनाएको छ।  देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ। 

देशभर जम्म एक करोड ७९ लाख ८८ हजार पाँचसय ७० जना मतदान छन्। प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी २७४ र प्रदेशसभातर्फ ५५० सदस्य निर्वाचित हुँदैछन्। देशभर ११ हजार पाँचसय ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्।

मतदान सकिएसँगै सर्वदलीय बैठक बस्नेछ। बैठक बसेर मुचुल्का गरी मतपेटिका मतगणना स्थलसम्म लगिने छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले दिनेककुमार थपलियाले राति ८ बजेदेखि मतगणना सुरु हुने बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: